नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्दै

78

असार २६,
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी आज बिहीवार १२ अर्बको विकास ऋणपत्र बोलकबोलमा विक्री गर्ने जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरीद गर्न सक्ने गरी ऋणपत्र बिक्रि गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिका लागि उक्त ऋणपत्र विक्री गर्न लागेकोे हो । सो अवधि सकिएपछि २०८१ असार २७ मा एकमुष्ट रूपमा साँवा भुक्तानी गरिने र अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ । इच्छुक संस्था तथा व्यक्तिले बिहीवार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल पेश गर्न सक्नेछन् । खरीदकर्ताले कम्तीमा ५० हजारदेखि बढीमा कुल निष्काशित रकमको सिमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरीद गर्न सकिनेछ ।