नायग्रा झरनामा एक व्यक्ति खसेर बाँचेपछि…

325

एजेन्सी, असार २६,
काठमाडौं । अमेरिका र क्यानडाको सिमानामा पर्ने नायग्रा झरना उत्तर अमेरिकाको सबभन्दा ठूलो झरना हो। त्यहाँ हरेक वर्ष दशौँ लाख पर्यटक पुग्छन्। नायग्रा झरना पार्कको वेबसाइट अनुसार त्यहाँ प्रत्येक मिनेट ६० लाख क्युबिट फिट पानी झर्ने गर्छ। सो झरनामा परेर विगतमा कैयौँ मानिसको ज्यान गइसकेको छ भने थोरै बाँचेका पनि छन्। बफ्यालो न्यूजका अनुसार हरेक वर्ष झरनामा हाम फालेर करिव २५ जनाले आत्महत्या गर्ने गर्छन्।

नायग्रा फल्स पार्कमा एकजना व्यक्ति त्यहाँको झरनामा करिब १८८ फिट तल उर्लँदो नदीमा खसेका थिए। तर उनी जीवितै फेला परेको नेपाली बीबीसी सेवाले बताएको छ । उनि मङ्गलवार बिहान त्यहाँको रिटेनिङ वालु पर्खालमा चढेको देखिएका थिए, त्यसपछि टुप्पोबाट खसेका हुन् । त्यसपछि उनी सामान्य चोटपटकसहित चट्टानमा बसिरहेको अवस्थामा भेटिए। परिचय नखुलाइएको ती पुरुषलाई त्यसपछि अस्पताल लगिएको थियो।