लोकसेवाको विज्ञापन रद्ध नगर्न महेश बस्नेतको सुझाव

146
सांसद महेश बस्नेत

जेठ २९,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले प्रदेश लोकसेवा आयोग गठन गरेपछि क्षतिपूर्ति दिनेगरी अहिले लोक सेवा आयोगले खुलाएको विज्ञापन अगाडि बढाउन आग्रह गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै नेकपा सांसद बस्नेतले प्रदेश लोक सेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिने बताएका हुन् ।

‘लोकसेवाले खुलाएको ९ हजार १ सय विज्ञापन रोक्न संसदीय समितिले निर्देशन गरेपछि विज्ञापन विवादमा परेको छ । संघीयता पक्षधरले यसको विरोध जनाएका छन्,’ बस्नेतले भने, ‘प्रदेश लोकसेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिन्छ । संसदीय समितिलाई गम्भीर भएर निर्णय गर्न सुझाव दिन्छु,’ बस्नेतले भने । भिडियो हेर्नुहोस्

लोकसेवा आयोगको विज्ञापन रोक्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन संघीयता विरोधी हाे ।

Publiée par Mahesh Basnet sur Mercredi 12 juin 2019