Sunday, September 27, 2026
Home अर्थ सामाजिक सुरक्षा कोषले एकै पटक माग्यो ६६ कर्मचारी

सामाजिक सुरक्षा कोषले एकै पटक माग्यो ६६ कर्मचारी

160

जेठ १७,
काठमाडौँ । समाजिक सुरक्षा कोषले उपकार्यकारी निर्देशकदेखि सहायक स्तरको पदमा ६६ जना कर्मचारी नियुक्त गर्ने भएको छ। कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट कर्मचारी भर्न गर्ने भएको हो। ११औं तहको उपकार्यकारी निर्देशक पदका लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तिमा ७ वर्षको कार्यानुभव भएको हुनु पर्ने छ।

कोषले चौथो तहदेखि ११औं तहसम्मका सबै तहमा कर्मचारी माग गरेको हो। ७औं तहदेखि ११औं तहसम्मका पदका लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा काम गरेको अनुभव हुनु पर्नेछ। निर्देशक स्तरका पदका लागि कानुन, प्रशासन, चार्टर्ड एकाउन्टेन्ट, लेखा तथा कम्प्युटर इन्जिनियरिङ समुहमा कर्मचारी माग गरिएको हो। सहायकदेखि अधिकृत स्तरका पदका लागि भने अनुभवको आवस्यकता पर्ने छैन। योग्य आवेदकले अनलाइनबाटै आवदेन दिन सक्ने कोषले जनाएको छ। आवदेकले असार ५ गतेसम्ममा आवदेन दिन पाउने छन्।