‘आप्पा’ बनेका दया र छोराको यस्तो छ सम्बन्ध ( प्रोमो सहित )

317

जेठ १७,
काठमाडौँ । फिल्म ‘आप्पा’ को प्रोमो सार्वजनिक भएको छ । बाबु र छोराको सम्बन्धलाई प्रस्तुत गर्ने फिल्मको प्रोमो रमाइलो र मन छुने छ । फिल्ममा ‘आप्पा’ अर्थात् पिताको भूमिकामा अभिनया दायहाङ्ग राई छोराको भूमिकामा नव-नायक सिद्धान्तराज तामाङ्गको मुख्य भूमिका छ । प्रोमो हेर्नुस्

असार १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘आप्पा’ को बिहिबार प्रेसमिट गर्दै प्रोमो सार्वजनिक गरिएको हो । कबड्डी कबड्डी कबड्डी छायाँकनका कारण दयाहाङ्ग भने आप्पा को प्रोमो लञ्च कार्यत्रममा उपस्थित हुन सकेनन् । अनमोल गुरुङ्ग निर्देशित फिल्म ‘आप्पा’ मा अलोना काबो लोप्चा, तुलसी घिमिरे र अरुणा कार्कीको पनि अभिनय छ ।

फिल्म ‘आप्पा’ को सम्पूर्ण जसो छायाँकन दार्जिलिङ्गमा गरिएको हो । फिल्म प्रचारका लागि यतिबेला आप्पा टिम काठमाण्डौं राजधानीमा छ ।