प्रधानमन्त्रीले भने ‘सरकार फेरिन एक वर्ष हैन ४/५ दिनमात्र बाँकी छ’

163
फाइल तस्बिर

जेठ १७,
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको ‘आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको बताएका छन् । भारतकानवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताए। उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको समेत बताए।

नेकपाका अध्यक्ष दाहालले एक टेलभिजिनसँगकाे अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतकिो प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए। कुराकानीका क्रममा एकीरणका बेलाको सहमति अनुसार तपाईको प्रधानमन्त्री पद एकवर्ष मात्रै बाँकी छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले हाँस्दै एक वर्ष हैन ४/५ दिन मात्रै बाँकी छ भन्दै हाँसेर जवाफ फर्काएकाथिए।

अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्षओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएकाे सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।