पूर्वाञ्चलसँग त्रिभुवन आर्मी भीड्दै

188

५ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगितामा आज पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै दोस्रो खेलमा मध्यमाञ्चल र सशस्त्र प्रहरीको टीम मैदानमा उत्रने छन् । खेल बिहान ११ बजेपछि सदरमुकामस्थित नेपाली सेनाको खेल मैदानमा हुनेछ । बुधकार भएको खेलमा नेपाल पुलिस क्लब र पूर्वाञ्चल विजयी भएका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले २५-२४, २५-१७ र २५-११ को सोझो सेटमा सशस्त्र प्रहरीको टिमलाई पराजित गरेको थियो । बुधबार नै भएको दोस्रो खेलमा पूर्वाञ्चलले मध्यामाञ्चललाई २५-१३, २७-२५, २२-२५, २०-२५ र १५-८ को सेटमा पराजित गरेको हो । अंक तालिकाको शीर्ष स्थानमा ६ अंकसहित नेपाल पुलिस क्लब पहिलो स्थानमा रहेको छ भने एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब ३ अंकसहित दोस्रो स्थानमा छ ।
पूर्वाञ्चल र मध्यमाञ्चल क्रमश २ र १ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । ‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ । जिल्ला भलिवल संघ ताप्लेजुङको आयोजनामा मंगलबारदेखि सुरु भएको खेल शनिबारसम्म चल्नेछ ।