Sunday, September 27, 2026
Home Uncategorized डा. वाग्लेले अर्थतन्त्र सुधार्न सरकारलाई दिए पाँच टिप्स

डा. वाग्लेले अर्थतन्त्र सुधार्न सरकारलाई दिए पाँच टिप्स

35

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधार्न वर्तमान सरकारलाई पाँच टिप्स दिएका छन्‌ । सङ्घीय संसद्‌को हिउँदे अधिवेशनको पहिलो बैठकको निर्धारित समयमा पार्टीका तर्फबाट बोल्दै डा। वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, कुल मागको गिरावट रोक्ने विशेष प्याकेज ल्याउन, निर्माण व्यवसायीलाई भुक्तानी दिन, सरकारी नीतिबाट सृजित दायित्व तिर्न र उधारो असुली ऐन ल्याउन सरकारलाई सुझाएका हुन्‌ ।

‘यति शक्तिशाली सरकार भन्नुहुन्छ, दुई तिहाइ भन्नुहुन्छ । तर चाररपाँच जना पात्रबाहेक सिनमा कोही पनि देखिँदैन । दुई/तीन जना सल्लाहकारहरूका भरमा, संविधानले नचिन्ने संयन्त्रहरूको दुहाइ दिँदै यहाँ आर्थिक सुधारको अभियान अघि बढाइएको छ’, वाग्लेले भने, ‘अर्थ मन्त्रालयले एउटा ठूलो शक्तिशाली आयोग बनाएको थियो । पूर्व अर्थसचिव रामेश्वर खनाललाई मन्त्रीसरहको मान्यता दिएर उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनाइयो ।