एजेन्सी । नायिका सोनम कपुरले १३ वर्षको हुँदा नै आफू यौन हिंसाको शिकार भएको खुलासा गरेकी छिन् । फिल्म समिक्षक राजिव मसान्दको ‘द एक्ट्रेसेस राउन्डटेबल’ मा सोनमले साथीहरुसँग फिल्म हेर्न जाँदा आफूमाथि हिंसा भएको जानकारी दिएकी हुन् । उनीसँगै नायिका अनुष्का शर्मा, आलिया भट्ट, विद्या बालन र राधिका आप्टे सहभागी थिए ।
उक्त राउन्डटेबल वार्तामा थुप्रै विषयमाथि कुराकानी गरिएतापनि प्रत्येकले आफूमाथि यौन हिंसा हुँदा कस्तो अनुभव भएको थियो भन्ने बारे आफ्नो धारणा व्यक्त गरे । महिलाहरुले प्रत्येक दिन कस्तो प्रकारको यौन हिंसा सहनुपर्छ भन्ने विषयमा कुराकानी भइरहँदा सोनमले आफू किशोरी हुँदा पछाडिबाट एक पुरुषले समातेको कुराको खुलासा गरिन् । ‘प्रत्येक महिलाले आफ्नो बाल्यकालमा कुनै न कुनै प्रकारको यौन हिंसा सहेकै हुन्छन् । म सानो हुँदा यसको शिकार भएको थिएँ जुन निकै पीडादायी थियो, हिन्दुस्तान टाइम्समा उल्लेख गरीएको छ। मैले यो विषयमा दुई तीन वर्षसम्म बोलिनँ । म यो घटनालाई निकै स्पष्टसँग सम्झन्छु,’ उनले भनिन् । उक्त घटना मुम्बईको गेइटी ग्यालेक्सी थिएटरमा खाजा लिन जाँदा भएको सोनमले सम्झिइन् । ‘एकजना पुरुष मेरो पछाडि आयो र उनले मेरो स्तन पछाडिबाट बेस्सरी समात्यो । वास्तवमा त्यतिबेला मेरा स्तन त्यति पुष्ट थिएनन् । म काम्न थालें र आत्तिएँ । त्यहाँ के भएको थियो मलाई थाहा थिएन म त्यहाँ बेस्सरी रोएँ । मैले घटनाबारे केहि बोलिनँ । म त्यहाँ बसें र फिल्म सिद्धाएँ । मैले केहि गल्ती गरेजस्तो अनुभव भएको थियो,’ उनले भनिन् ।