एजेन्सी । अधिकांस व्याबसायिक विमान चालकमा डिप्रेसनको लक्षण देखिएको एउटा नयाँ अध्ययनले दर्शाएको छ । बिमान चालकबारे भएको एक सर्बेक्षणमा सो जानकारी दिइएको छ । १ सय ५० जनाको मृत्यु हुने गरी भएको जर्मन बिमान दुर्घटनाको एक वर्षपछि बिमानचालक बारे अध्ययन गरिएको छ । अध्ययनलाई इनभाईर्नोमेन्टल हेल्थ नामक जर्नलमा प्रकाशित गरिएको छ । अनुसन्धानकर्ताहरुले ५० देशका १हजरा ८ सय ५० व्याबसायिक विमान चालकमाझ सर्बेक्षण गरेका थिए । सहभागीमध्ये १३ प्रतिशत चालकमा कडा खालको डिप्रेसनका लक्षण देखिएका थिए भने ४ प्रतिशतमा आत्महत्याको सोच आएको उनीहरुले बताए । ‘अहिले संसारभर बिमान चलाउने चालकमध्ये धेरैमा डिप्रेसनको लक्षण देखिएको छ । आफ्नो करिअरमा नकरात्मक असर पर्ने देखेर उनीहरुले उपचार गरेको पाइँदैन,’ अध्ययनका लेखक जोसेफ एलिनले भने । नयाँ प्रतिवेदनले बिमान चालकको मानसिक स्वास्थ्यबारे पहिलो पटक मूल्यांकन गरेको छ । महिला बिमान चालिका भन्दा पुरुष बिमान चालकले आफूमा रुची हराएको, असफल अनुभूति गरेको र मर्दा राम्रो हुने सोच पलाएको बताएको अध्ययनमा उल्लेख छ । अधिकांश बिमान चालकले निदाउने औषधी सेवन गरेको र यौन दुव्र्यबहारको शिकार भएको जनाएका थिए । ‘विमान चालकमा डिप्रेसनको शिकार कुनै नयाँ होइन । अमेरिकामा मात्र १ करोड ६० लाख बयस्क पछिल्लो वर्ष डिप्रेसनको शिकार भएका छन् । बिमान चालकको समस्या पहिचान गरेर उनीहरुलाई सहयोग गर्नु आजको चुनौती हो,’ अनुसन्धानकर्ताहरुले अध्ययनमा भनेका छन् । (टाइम डटकमबाट)