सातौ राष्ट्रिय खेलकुद अबधिभर इटहरीमा मदिरा निषेधित

216

7th
इटहरी । इटहरी अब मदिरा निषेधित क्षेत्र हुने भएको छ । इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीले पुस ९ गतेबाट पूर्वाञ्चलमा हुन गइरहेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गदै प्रशासनले यस्तो निषेध लगाउन लागेको हो ।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता इटहरी लगायतका पूर्वका बिभिन्न स्थानमा हुने भएपछि प्रशासनले बिशेषत इटहरीमा खेलाडी र बिशिष्ट व्यक्तिको केन्द्रित हुने भएकाले मदिराका कारण कुनै अपराधिक कृयाकलाप हुन नदिन यस्तो निर्णय गर्न लागेको बताईएको छ ।
खेलाडी तथा बिशिष्ट व्यक्तिहरुको बस्न र खानलाई इटहरीका होटलहरुमा व्यवस्था गरिएको र होटलमा रहदा या अन्य कुनै पसलमा मदिरा बेच्न र खरिद बिक्री गर्न नपाइने छ । प्रतियोगिता अबधिभर यो निर्णय लागु हुने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । इटहरीमा ३ हजार बढी खेलाडी तथा अन्य व्यक्तिहरुको आगमन हुने बताउदै प्रतियोगिता अबधिभर इटहरीमा मदिराजन्य कुनै पनि पदार्थ बेच्न र होटलमा राख्न मनाही गरिनेछ डिएसपी सुवेदीले भने यो प्रतियोगिता अबधिभर मात्र लागु हुनेछ । मदिरा सेवनबाट झैझगडा तथा समाजमा असर पुग्ने कृयाकलाप बढ्ने भन्दै प्रशासनले यस्तो निर्णय गर्न लागेको सुवेदीले बताए । यस बिषयमा होटल व्यवसायी र उघोग बाणिज्य संघ इटहरी बिच समन्वय गर्ने प्रहरीको योजना छ । इटहरीमा बस्ने खेलाडी तथा बिशिष्ट व्यक्तिको सुरक्षाको लागी पनि प्रहरीले बिशेष सुरक्षा योजना लागु पर्ने बताएको छ । इटहरीमा कुनै पनि अपराधिक गतिबिधि नहोस भनेर प्रहरीको संख्या पनि बढाइएको इटहरीका डिएसपी सुवेदीले जानकारी दिए ।
प्रतियोगिता अबधिभर होटलहरुको बिशेष निगरानी राखिने र होटलमा अनिर्वाय रुपमा सिसिटिभि क्यामेरा जडान गर्न सबै होटलमा आग्रह गरिने सुवेदीको योजना छ । यस्तै इटहरीको निकै लोकप्रिय पर्यटकिय स्थल तालतलैयामा पनि सोमबारबाट मदिरा निषेधित क्षेत्र तोकिएको छ । पर्यटकिय स्थल अपराधिक स्थल नबनोस भनेर तालतलैया बिकास तथा संरक्षण समिति र इलाका प्रहरी कार्यालय इटहरीको सयुक्त पहलमा यस क्षेत्रलाई मदिरा निषेधित क्षेत्र तोकिएको हो ।