ढकाल बन्धु समाज सुनसरीमा योगेन्द्र सर्वसम्मत अध्यक्ष

442

dhakal
२ पुस,
सुनसरी । ढकाल बन्धु सेवा समाज सुनसरीको दोस्रो साधारणसभाले योगेन्द्र ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । इटहरीमा शनिबार भएको साधारणसभाले उपाध्यक्षमा बद्री प्रसाद ढकाल, सचिवमा शालिग्राम ढकाल, सहसचिवमा रुद्र ढकाल, कोषाध्यक्षमा त्रिलोचन ढकाल रहेको १३ सदसीय समिति सर्वसम्मत गठन भएको हो । सुनसरीमा रहेका ढकाल बन्धुहरु तीन वर्ष अगाडि संगठित भएका थिए । संस्थापक अध्यक्ष गणेश ढकाल ढकाल बन्धुहरुको बंशावली निमार्ण समितको उपाध्यक्ष भएपछि सचिव योगेन्द्र ढकाललाई साधारणसभाले अध्यक्ष चुनेको हो । सधारणसभाले तीन सदसीय सल्लाहाकार समिति समेत चयन गरेको छ । कार्यक्रममा ढकाल बन्धु सेवा समाजका महासचिव तुलसी ढकालले नव गठित समितिलाई बधाइ तथा शुभकामना दिएका थिए । सधारणसभासगैं ढकालबन्धुहरुले सामुहिक गोठधुप पुजा समेत गरेका थिए । सुनसरीमा रहेका ढकालहरु मध्ये साधारणसभामा सयबढीको उपस्थिती थियो ।