पश्चिम नेपालको जनजीबन सामान्य बन्दै

182

nepal_banda2
४ पुस,
काठमाडौं । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधन गर्न लागिएको विरोधमा बन्द गरिएका पश्चिम नेपालका जिल्लाहरु २० औं दिनमा खुलेका छन् । बन्द खुलेपछि स्थानीयबासीले राहत महसुस गरेका छन् । लामो समयको बन्द हड्तालले सर्बसाधारणको दैनिकी कष्टकर बनेको थियो । बन्दले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, साना व्यवसायी र विरामीहरु सबैभन्दा बढी मर्कामा परेका थिए । उनीहरुले बन्दको विकल्प खोज्न आन्दोलनरत पक्षलाई दबाव दिँदै आएका थिए । सोमबारबाट बन्द फिर्ता लिएपछि रुपन्देही, गुल्मी, पाल्पा, लगायतका जिल्लाहरुमा यातायात, बजार, शिक्षण संस्था, कलकारखाना सञ्चालनमा आएका छन् । फाइल तस्वीर