अख्तियारको निशानामा भष्ट्र कर्मचारी

408

काठमाडौं । दीप बस्न्यातको नेतृत्वमा रहेको अख्तियारले अकुत सम्पत्तीको छानविनलाई पूनः तिव्रता दिएको छ । प्रमुख आयुक्त लोकमान सिंह कार्की निलम्वनमा परेपछि निष्क्रिय देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग फेरी सक्रिय भएको हो । स्रोतका अनुसार सोमवार बसेको अख्तियारको बैठकले अकुत सम्पत्ती आर्जनको मुद्दामा २० जनाभन्दा माथि छानविन गर्ने निर्णय गरेको छ । अख्तियारको छानविनको सूचीमा रहेका अधिकांश सरकारी कर्मचारी रहेको दावी स्रोतले बताएको छ । अकुत सम्पत्ती छानविन गर्न पत्राचार गरिएको सूचीमा नेपाल ट्रष्टको कार्यालयमा रहेका सचिव अर्जुनबहादुर कार्की, सिंचाई सचिव गजेन्द्र ठाकुर, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा, एआइजी विरेन्द्रवावु श्रेष्ठ लगायत छन् । अकुत सम्पत्तीको छानविनमा परेका अधिकांश कर्मचारी लोकमानसिंह कार्की निकट छन् । एनसेलको कर छली प्रकरणमा समेत मुछिएका चुडामणी शर्मा कार्कीका भित्रियामध्ये एक हुन् । उनले एनसेलको कर उठाउनमा ढिलासुस्ती गरेका थिए । अहिले पनि एनसेलको कर निर्धारण प्रक्रिया उनैका कारण रोकिएको छ । त्यसैगरी शर्मामाथि कर फर्छयौट आयोगमार्फत राज्यलाई प्राप्त हुने अर्वौं रुपैयाँ माफि मिनाहा समेत दिएका थिए । आयोगले गरेका निर्णय एक वर्ष वितिसक्दा समेत निक्कै गोप्य राखिएको छ । सदस्य सचिवका हैसियतमा रहेका शर्माले कर फर्छयौट आयोगबाट भुक्तानी गरिसकेका कर समेत फिर्ता गरेर राज्यलाई अर्वौं रुपैयाँ नोक्सानमा पारेको स्रोतले दावी गरेको छ ।