साँफेबगरबाट ३४ जना बेपत्ता

357

लालबहादुर विक
अछाम अछामको साँफेबगर नगरपालिकामा ३४ जना मानिसहरु हराएको एक तथ्याङ्ककले देखाएकोे छ । नगरपालिका भित्र रहेका १२ वटा वडाहरुमा ६ महिना लगाएर गरेको एक सर्वेक्षणले उक्त संखयाका मानिसहरु हराएको देखाएको हो । युरोपीएन युनिएनको आर्थिक सहयोगमा राष्टिय वाताबरण तथा समविकास नेपाल, निड्स नेपाल र अन्तराटिय रेडक्रस महासंघले सञ्चालन गरेको शुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथाम परियोजनाले ६ महिने सर्वेक्षण गरि उक्त तथ्यंक सार्वजनिक गरेको हो । परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत सुनिल मिश्रका अनुसार यो सामान्य सर्वेक्षण गर्दा भेटीएको तथ्यांक हो भने अझैँ गहिरिएर अध्ययन गर्दा हराएर बेपत्ता भएका मानिसहरुको संख्या अझैँ बढ्न सक्ने सम्भावाना रहेको छ । हराएका तथा बेपत्ता भएका व्याक्तिहरुको तथ्यांक संकलन तथा सर्वेक्षणमा गएका सामाजिक परिचालक धिरज रावलका अनुसार हराएका व्याक्तिहरुका आफन्तले दुई चार पैसा कमाएर घर खर्च चलाउन भनेर भारत गएपछि सम्पर्क बिहीन हुने गरेको बताएका छन । अध्ययन अनुसार बेपत्ता भएका मानिसहरु मध्ये ३२ जना पुरुष र २ जना महिला रहेका छन् । नगरपालिका भित्रका वाडाहरु मध्ये सबै भन्दा बढी वाडा नं. ४ सिद्धेश्वरमा ६ जना र वाडा नं. ९ मा ५ जना रहेका छन । हराएका सबै मानिसहरु रोजगारीको शिलसिलामा भारत जाने र उतैबाट सम्पर्क बिहिन भई बेपत्ता हुने गरेको आफन्तहरुवाट जाँनकारी आएको बताईएको छ । खुला सीमाना र रोजगारीको सम्भावना नभएका कारण यो क्षेत्रका अधिकाशं मानिसहरु भारत जाने गर्दछन् । भौगोलिक बिकटता र काम गर्ने कुनै पनि साना तथा ठूला कलकारखानाहरु नभएका कारण विदेशिनु पर्ने बाध्यता रहेको छ । नेपालीहरु वैदेशिक रोजगारीमा जान सुरु गरेको करिब २ सय बर्ष भन्दा बढी भईसकेको छ ।