सुदूरपश्चिमको विकासमा नितिगत सुधार आवश्यकः सरोकारवाला

281

–लालबहादुर विक
अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा अघि सरेको छ । आयोगले सुदूरका सबै जिल्लामा जिल्ला स्तरीय योजना तुर्जमा गर्दै समग्र सुदूरको विकासको खाका ल्याँउनका लागि सक्रिय भएको हो । अभियान अन्र्तगत सुदूरपश्चिम विकास आयोगको सचिवालय दिपायलले सोमवार अछाम जिल्ला सदरमुकाम मंगलसेनमा सरोकारवालाहरुसँग एक कार्यक्रमका बिच सञ्चाल हुने योजना तर्जुमाका लागि अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले सुदूरपश्चिमको विकासका लागि आयोगले नीतिगत सुधारमा ध्याँन दिनुपर्नेमा जोड दिइका छन् । विकासमा लगानीका लागि निजी क्षेत्रको आर्कषण बढाँउन पहल गर्नुपर्ने, यस अघि प्रस्ताव गरेका योजनाहरुको अवस्था र आगामि कार्ययोजनाहरुवारे खाका बाहिर ल्याँउनुपर्ने तथा बस्ति स्थरवाटै छानिएका योजनाहरुलाई पनि आयोगले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । achham आयोग अहिले सुदूरपश्चिममा जलबिद्युत, कृषि र पर्यटनलाई केन्द्र बनाएर विकासको मोडेल तयारीमा रहेको उनले बताए । यसका साथै दिपायल एरपोर्ट संचालन, बिभिन्न प्राविधिक शिक्षालयको विकास लगायतका योजनाहरुको अध्ययन गरि सरकारलाई सुझाव दिएको आयोगका उपसचिव जनकराज जोशीले बताए । २०७१ सालपछि मात्रै काम गर्न सुरु गरेको सुदूरपश्चिम विकास आयोगले अल्पकालिन र दीर्घकालिन आर्थिक, सामाजिक विकास रणनीति निर्माण, धार्मीक र पर्यटकीय विकास सम्वन्धि गुरुयोजना निर्माण गरेको जानकारी दिएको छ । अछामका निमित्त स्थानिय विकास अधिकारी लाल बहादुर बिष्टको अध्यक्षतामा भएको उक्त छलफल तथा अन्र्तक्रियामा प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा सहित जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।