मतदाता मञ्च अछामको बैठक सम्पन्न

217

acham-photo
लालबहादुर विक
अछाम – जिल्ला स्तरीय मतदाता मञ्च अछामको बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष मंगला बिकको अध्यक्षतामा भएको बैठकले जिल्ला प्रशासनकार्यालय अछामको संयोजनमा यहि मंसिर १२ देखी १४ गतेसम्म बाराला गाविसमा संचालन हुने घुम्ति सेवा शिविरमा नेपाल राष्ट्रिय दलित समाज कल्याँण संघको तर्फवाट ३ जना कर्मचारीलाई खटाँउने निर्णय गरिएको छ ।
शिविरमा आवस्यक सहयोग स्वंसेवी रुपमा गर्नका लागि संस्थाका जिल्ला कार्यक्रम संयोजक टंकेश्वरी टमट्टा, कर्मचारी सोभा टमट्टा र दिनेश टेलरलाई खटाईने भएको हो । यस्तै बैठकले निकट भविष्यमै संचालन हुने भनियको फोटो सहितको मतदाता नामावलि संकलन अभियानमा जिल्ला मतदाता मंचका सबै सदस्य पदाधिकारीहरुले आवस्यक सहयोग गर्ने निर्णय पनि सर्बसम्मत पारित गरिएको छ । बैठकमा संस्थाका जिल्ला कार्यक्रम संयोजक टंकेश्वरी टमट्टाले २०७३ भाद्र ५ देखी हालसम्म ३ सय १८ जनालाई नागरिकता बनाँउन सघाएको र २ जनालाई आर्थिक सहायता प्रदान गरेको जाँनकारी दिनुभएको थियो ।
यस्तै कार्यक्रम संचालित १० गाविसका ४ सय ५४ जनालाई त्यस अगि अर्थात जेठ २९ देखी भाद्र ५ सम्म सघाएको र सो अवधिमा ४५ जनालाई नागरिकता बनाँउनका लागि आर्थिक सहायता गरेको जाँनकारी गरााउनुभयो ।
यस्तै संस्थाका कर्मचारीहरुले यस अगि ऋषिदह र ढकारिमा संचालित शिविरमा पनि स्वंसेवी रुपमा सहयोग गरेको जनाईएको छ । संस्थाले निर्वाचन तथा मतदाता परिचयपत्र सम्वन्धि बिभिन्न सडकनाटक पनि प्रर्दशनी गरेको जनाईएको छ ।
बैठकमा जिल्ला मतदाता मंचका सदस्यहरु लक्ष्मण परियार, नरेशकुमार शाही, होम बहादुर साउद, टेक बहादुर थापा, नेपाल राष्ट्रिय दलित समाज कल्याँण संघका बृख बिक लगायतको सहभागिता रहेको थियो ।