Tuesday, July 21, 2026
Home Blog Page 995
भदौं ३०, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले काठमाडौंको फोहोर व्यवस्थापन अब विकल्प खोज्नु पर्ने बेला आएको बताएका छन् । बुधबार राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुर थिमी नपाको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रम नगरप्रमुख श्रेष्ठले राजधानी लगायत उपत्यकका फोहोरलाई बैज्ञानिक तरिकाबाट व्यवस्थापन गर्नु पर्ने बताए । त्यसकोलागि मध्यपुरथिमि नगरपालिकाले जापानी प्रविधिमा फोहोरबाटलाई प्रारंगारिक मल बनाएको...
भदौ ३०, गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ । शर्मा प्रजिअ रहेको गुल्मीमा पुण्य विक्रम पौडेलको सरुवा भएको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् । यसैगरी काशीराज दाहाल मोरङमा सरुवा भएका छन् भने...
भदौ २६, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको...
भदौं २६, भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुरको जिल्ला अध्यक्षमा श्याम सुन्दर बस्नेत चयन भएका छन् । शनिबार आयोजित कार्यक्रममा बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय जिल्ला संगठन कमिटी गठन गरिएको हो । समितिको उपाध्यक्षमा पेमानंद लाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने, सहसचिवमा रामगोपाल चौगुथी लाई चयन गरेको हो ।कमिटिको सदस्यहरुमा, राजेन्द्र श्रेष्ठ, बिनोद के सी, ज्ञानेन्द्र थापा,...
भदौ २४, दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको उल्लेख छ ।चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि...
भदौ २४, काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा...
भदौं २४, भक्तपुर । नेकपा एमालेबाट टुक्रिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ । तत्कालिन अवस्थामा एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधीहरुले आफु कुन पार्टीमा बस्ने टुंगो लगाउनु पर्ने कानुनी प्रावधान रहेको थियो। चागुँनारायण नगरपालिकाको निर्वाचित २ नम्बर वडाका एक जना वडा सदस्य मोहन पौडेल मात्र एकिकृत समाजवादी पार्टी तर्फ लागेका छन् । प्रदेशसभामा निर्वाचित सांसद डाक्टर राजेन्द्रमान...
भदौ २३, महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्यु भएको जानकारी दिए ।
भदौ २३, भक्तपुर । भक्तपुरकी सरस्वती वाटी बागमती प्रदेशको राज्यमन्त्रीमा नियुक्त भइएकी छिन् । हाज विस्तार भएको मन्त्रीपरिषदमा उनी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएकी हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रचना खड्का आर्थिक मामिला...
भदौ २१, काभ्रे । मण्डन देउपुर नगरपालिका धेरै स्थानमा बाढी पहिरोले बितण्डा मच्चाएको छ । सो नपा-१ स्थित भेगटोलमा गए राति देखि परेको अविरल बर्षातको कारण स्थानीयको घर जोखिममा परेको छ । केही पूर्ण रुपमा अबरुद्द,मनोज स्याङ्गो लगायतका तीनचार वटा घर जोखिममा परेको स्थानीय कुमार तामाङले जानकारी दिएका छन् । सोही वडाको गिर्धरे, वडा नम्बर ५ को सल्लेबासलगायत...