फोहोर व्यवस्थापनमा मध्यपुरथिमि नगरपालिका नमुना बन्दै

291

भदौं ३०,
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले काठमाडौंको फोहोर व्यवस्थापन अब विकल्प खोज्नु पर्ने बेला आएको बताएका छन् । बुधबार राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुर थिमी नपाको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रम नगरप्रमुख श्रेष्ठले राजधानी लगायत उपत्यकका फोहोरलाई बैज्ञानिक तरिकाबाट व्यवस्थापन गर्नु पर्ने बताए । त्यसकोलागि मध्यपुरथिमि नगरपालिकाले जापानी प्रविधिमा फोहोरबाटलाई प्रारंगारिक मल बनाएको उनको भनाई छ । फोहोर व्यवस्थापनमा मध्यपुरथिमि नगरपालिका नमुना नगर बनेको र अन्यले पनि अनुशरण गर्दै गएको उनको भनाई छ ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मी र प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिलगायतले थिमिले फोहोर व्यवस्थापन र अस्पताल संचालनमा राम्रो काम गरेको बताए । नेपाल आर्थिक पत्रकार समाजको नव निर्वाचित कार्यसमितिलाई मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख श्रेष्ठले बधाई दिएका छन् । सोही समारोहमा नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र जापानी रिकिसी कम्पोष्ट मल प्रविधि बारे दुई प्रस्तुति र छलफल समेत भएको थियो ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल कसरी नमूना बन्न सफल भयो भन्ने सम्बन्धमा उक्त अस्पतालका कार्यकारी निर्देशक डा. ज्ञानकृष्ण श्रेष्ठले विवरण प्रस्तुत गरेका थिए । साथै जापानी रिकिसी कम्पोष्ट मल प्रालि।का प्रोप्राइटर उषा गिरीले दक्षिण एसियामा नै पहिलो पटक कसरी जापानी प्रविधिको रिकिसी मल उत्पादन संभव भयो भनेर तथ्य प्रस्तुत गरेकि थिइन् । सेजनका निवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी भीम गौतम र थिमी नपाका योजना महाशाखा प्रमुख सत्य नारायण शाहले समेत प्रस्तुति दिएका थिए । राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ ।