भक्तपुरको नयाँ सीडीओमा रुद्रादेवि शर्मा

1202

भदौ ३०,
गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ । शर्मा प्रजिअ रहेको गुल्मीमा पुण्य विक्रम पौडेलको सरुवा भएको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् ।
यसैगरी काशीराज दाहाल मोरङमा सरुवा भएका छन् भने यसअघि सीडीओ रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएको छ । यसैगरी ललितपुरका सीडीओ डुण्डी प्रसाद निरौला पनि गृह मन्त्रालयमा तानिएका छन् ।