भक्तपुुरका एकजना वडा सदस्यले मात्रै गरे (एस) पार्टीमा सनाखत

299

भदौं २४,
भक्तपुर । नेकपा एमालेबाट टुक्रिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ । तत्कालिन अवस्थामा एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधीहरुले आफु कुन पार्टीमा बस्ने टुंगो लगाउनु पर्ने कानुनी प्रावधान रहेको थियो। चागुँनारायण नगरपालिकाको निर्वाचित २ नम्बर वडाका एक जना वडा सदस्य मोहन पौडेल मात्र एकिकृत समाजवादी पार्टी तर्फ लागेका छन् । प्रदेशसभामा निर्वाचित सांसद डाक्टर राजेन्द्रमान श्रेष्ठ नेकपा एकिकृत समाजवादीं पार्टीमामा रहेन भएका छन् ।