चैत १,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले भेट गरेका छन्।राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल र साउदीबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको बताइएको छ। त्यस अवसरमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। नेपाल र साउदीबीच १५ मार्च...
मनाङ । नेपाली कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऔं अभियान अन्तर्गत मनाङ जिल्ला कार्य समितिले २८ वटै वडामा जिल्ला प्रतिनिधि चयन गरेको छ ।
फागुन २९ देखि चैत्र २९ गते सम्म जारी रहने १ महिने अभियानका लागि कार्यक्रम अवधिभर सोही वडामा रहेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई जिताउने गरी सम्पुर्ण पार्टी पंक्तिलाई परिचालन गरिने जिल्ला सभापति...
फागुन २९,काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत् दिने भएको छ। प्राधिकरणले अहिले उक्त उद्योगलाई करिब आठ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ। उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ। प्राधिकरणले उद्योगसम्म विद्युत् पुर्याउन आवश्यक संरचनाको निर्माण गरी एक महिनाभित्रमा मागअनुसार नै विद्युत् दिन...
फागुन २९,काठमाडौं : साउदी अरबले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकै दिन मृत्युदण्ड दिएको छ। साउदी अरबले यस्तै अपराधमा संलग्न भएको अभियोगमा अहिलेसम्मकै उच्च संख्यामा मृत्युदण्ड दिएको हो। शनिबारको फैसलाले एक दिनमा साउदीमा यस पहिले उच्च रेकर्ड गरिएको मृत्युदण्डको रेकर्ड तोडेको छ।यस अघि सन् २०२१ मा कूल ६९ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड दिइँने सबैलाई घोर...
फागुन २९,काठमाडौं : नेकपा एमालेले सर्वोच्च अदालतमा हालेको रिटको आज सुनुवाइ हुँदैछ। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदालत पुगेको थियो। सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ। यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो। एमालेले साउन २५ को निर्णयअनुसार...
काठमाडौ । नेपाली काङ्ग्रेसको घर-घर जाऔ,काङ्ग्रेस जिताऔ अभियान अन्तर्गत मनाङ जिल्लाद्वरा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गणेश लामाले सबै स्थानीयमा जित हासिल गर्ने गरि तयारीमा लाग्नुपर्ने बताएका छ्न। नेता लामा केन्द्रिय प्रतिनिधिको रूपमा मनाङ खटिएका छन ।उनले अभियान अबधिभर मनाङ्वासी संगै रहेर जिल्लाको सिङ्गो संगठनलाई परिचालन गर्दै बर्तमान सरकारले गरेका राम्रा कामको प्रचार र विपक्षीका गलत हल्लालाई...
फागुन २७,काठमाडौं : शुक्रबारदेखि तीनवटा नयाँ फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। नेपाली फिल्म 'आकाशे खेती'सहित दुईवटा भारतीय फिल्म 'राधे श्याम' र 'इथरकुम थुनिन्धवन'ले एकसाथ प्रदर्शन थालेका हुन्। उदय सुब्बाको निर्देशनमा बनेको कमेडी ड्रामा 'आकाशे खेती'ले मल्टिप्लेक्समा न्युन सो पाएको छ। विल्सन विक्रम राई, गौरव पहाडी, रजनी गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म केदार उप्रेती, जीवन सुब्बा,...
फागुन २७,काठमाडौं : न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा पाकिस्तानले लगातार तेस्रो खेलमा हार भोगेको छ।शुक्रबार न्युजिल्यान्ड स्थित मोउन्ट मौउनगानुविमा भएको खेलमा पाकिस्तान दक्षिण अफ्रिकासँग ६ रनले पराजित हुन पुग्यो। दक्षिण अफ्रिकाले भने लगातार दोस्रो खेलमा जित निकाल्यो।टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो। जवाफमा पाकिस्तान एक ...
फागुन २७,काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीबारे आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ। राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्य प्रगति जानकारी गराउँदै थप राय सुझाव लिने भएको हो। संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी...
फागुन २७,नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ केन्द्रीय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदै छ। देशभरका झन्डै १२ सय पत्रकारहरूको उपस्थितिमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको छ भने उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्। ‘समृद्धिका लागि सञ्चार कर्म : प्रेस चौतारीको मूल मर्म’ भन्ने नाराका साथ हुन लागेको महाधिवेशनको तयारी पुरा...









