भक्तपुरको सूर्यविनायकमा तरकारी बेच्न थाले दुर्गा प्रसाई

507

भक्तपुर । झापाको चर्चित व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईको लगानीमा भक्तपुरमा तरकारी बजार संचालनमा आएको छ । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा तरकारी बजार संचालनमा आएको हो ।
सूर्यविनायक हरित तथा कृषि थोक बजारमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले भने ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार संचालनमा ल्याएको हुँ ।’
२ अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेर तरकारी बजार संचालनमा ल्याएको उनले बताए । बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफुले तरकारी बजार बनाएको प्रसाईको दाबी रहेको छ ।
आफ्नो कामलाई मिडियाले गलत ढंगले प्रचार गरेको भन्दै प्रसाईले यो कुरालाई नकारात्मक भन्दापनि किसानका् हितको लागि सोचिदिन सबैलाई आग्रह समेत गरे ।
‘हाल २२ सय स्टलमा प्रत्यक्ष ४४ सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसान अप्रत्यक्ष फाइदा लिने सक्ने छन्,’ पत्रकार सम्मेलनमा व्यवसायी प्रसाईले भने ।
केही समय अगाडीनै बजार संचालनमा आएको भएपनि कोरोनाको कारणले सहज नभएकाले भोली बुधबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।