भडेँललाई जिताउन गरेको सहमति भक्तपुर कांग्रेसलाई गलपासो

138

बैशाख ७,
काठमाडौं । नेकपा एमालेबाट निर्वाचित तत्कालिन प्रदेश सभा सांसद हरिशरण लामिछानेको निधनपछि भक्तपुर जिल्ला क्षेत्र नं. १ प्रदेश (क) मा २०७६ सालको मंसिर १४ गते उपनिर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई सघाए वापत स्थानीय तहको निर्वाचनमा तत्कालिन राप्रपा संयुक्त (हालः राप्रपा) लाई नगरप्रमुख (मेयर) पदमा सघाउने सहमति भएको लिखित पत्र सार्वजनिक भएको छ । भडेल हाल बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री छन् ।
केही कांग्रेसकै असन्तुष्ट पक्षले सामाजिक संजालमा उक्त सहमती पत्र सार्वजनिक गरेका हुन् । पत्र अनुसार आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसले चाँगुनारायणमा राप्रपालाई मेयर पदमा सघाउने लिखित सहमति भएको खुलेको छ ।

राप्रपाबाट केन्द्रीय सहमहामन्त्री रविन्द प्रताप शाहलाई नगरप्रमुख पदमा दुबै पार्टीको सयुक्त उम्मेदवार बनाउने मौखिक सहमतिका साथै अनुकूल हुने चारवटा वडा अध्यक्ष पदमा सघाउने कुरा भएको स्रोतले जानकारी दिएको छ । सहमति पत्रमा काँग्रेसका तर्फबाट तत्कालिन उपसभापति बिमलेन्द्र निधि, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका छन् ।
राप्रपा(संयुक्त)को तर्फबाट उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य हरिबहादुर बस्नेत, उच्चस्तरय कार्यसम्पादन समितिका सदस्य दिनेश श्रेष्ठ, कार्यसम्पादन समितिका सदस्य रबिन्द्रप्रताप शाह र जिल्ला अध्यक्ष रामशरण लामिछानेको हस्ताक्षर रहेको छ ।

सहमति र सहकार्य गछौंः सभापति, नेपाली कांग्रेस भक्तपुर
२०७६ सालको उपनिर्वाचनमा तपाईहरु र राप्रपाबीच भएको सहमति के हो भन्ने प्रश्नमा कांग्रेसका सभापति दुर्लभ थापाले भने हामी सहमति, सहकार्य र एकता गर्न तयार छौं, । राप्रपासंग मात्रै होइन अन्य चार दलसंगपनि समन्वय गछौं । सभापति थापाले कुन पद के हुने भन्ने विषयमा चाही केही खुलाउन चाहेनन् ।

आशा गरौं, भर नपरौंः राप्रपा सचिब
बाहिर आएको सहमति पालनाको विषयमा के हुदैं छ भन्ने प्रश्न राप्रपा भक्तपुर जिल्ला कार्य समितीका सचिब अर्जुन कार्कीले आफुले आफ्नो पार्टीले त्यो पत्र बाहिर नल्याएको र गएराती मात्रै थाहा पाएको बताए ।

‘कांग्रेसले अहिलेसम्म छलफलकोलागि बोलाएको छैन, बोलाउला जस्तोपनि लाग्दैन, हामी स्थानीय निर्वाचनको लागि आफ्नो ढंगले तयारी गर्दैं छौ,’ सचिब कार्कीले भने । ३८ वटै वडामा राप्रपाले तयारी थालेको र केही दिनमा उम्मेदवार टुंगाउने राप्रपा भक्तपुरका सचिबले जानकारी दिए ।

बिगतलाई हेर्दा
मंसिर १४ गते भएको उपनिर्वाचनको मतदान नतिजाअनुसार यो क्षेत्रमा काँग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदार डीपी ढकाल ११ हजार २ सय ६ मतमा सिमित बने । भँडेल र ढकालबीचको मतान्तर दुई हजार बढी छ ।क्षेत्रमा २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार स्व.हरिशरण लामिछाने विजयी भएका थिए । त्यसवेला लामिछाने १२ हजार ७ सय ८९ मत पाउँदै विजयी बनेका थिए भने काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएका थिए ।
२०७४मा सम्पन्न स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार शाहले ५ हजार १९८ मत ल्याएका थिए ।

हाल केन्द्रीय नीति अनुसार अन्यदलसंग गठबन्धन गर्ने तयारीमा रहेको नेपाली कांग्र्रेसलाई चाँगुनारायणमा राप्रपासंग गरेको राजनीतिक सहमति पालना गर्न नैतिक दबाब रहेको स्वयम उक्त पार्टीका नेताहरु बताउछन् ।
        यो सहमतिपत्र सामाजिक संजालबाट लिएको हो ।