भक्तपुरको औद्योगिक तथा व्यापार मेलामा दर्शकको भिड्

157

भक्तपुर । नयाँ वर्ष २०७९ को आगमनसँगै सुरु भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेला आइतबार भोलीबाट सकिदैं छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको उक्त मेलामा हुने सांगीतिक कार्यक्रम हेर्न लाखौं दर्शकहरुको भिड् लाग्ने गरेको छ । दैनिक जसो सांकृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति हुने गरेको मेला संयोजक दीपक थापाले बताए ।

यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको थापाले जानकारी दिए । मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू छन् । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइएको छ । ‘फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने । नवौंदिनसम्म व्यापार मेलामा करिब ३ करोड रुपैयाँ भन्दा धेरैको बराबरको थापाले बताए ।

औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाउदैं आएका छन् ।
मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ, महतले भने । नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला वैशाख भोली ४ गतेसम्म हुनेछ । जसमा २ सयभन्दा बढी स्टल रहेका छन् । मेलामा करिब ३ लाखभन्दा बढी उपभोक्ता सहभागी हुने आयोजकको गरेको छ ।

आइतबार मेलाको समापन कार्यक्रम रहेको छ । मेलाको समापन कार्यक्रमलाई नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।