भक्तपुर । स्थानीय तहको निर्वाचनमो मत परिणाम धमाधम आउदैं छ । त्यसमा भक्तपुर नगरपालिकाको अन्यत्र भन्दा छिटो आइरहेको छ । भक्तपुर नगरपालिकाको १ देखि ८ वडा सम्मको मत परिणाम आउदाँ नेमकिपाको प्यानलनै बिजयी जहाँ नेमकिपाको पूरै प्यानल अत्यधिक मतसहित विजयी भएको हो । मेयर उपमेयरमा पनि नेमकिपाका उम्मेदवारहरु जितको नजिके पुगिसकेका छन् ।
बुटवल । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ। सोमबारदेखि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलायन्सले उडान भर्दैछ। भैरहवास्थित गौतमबुद्ध विमानस्थलको सोमबार बिहान औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने भएका छन्। विमानस्थलका निमित्त निर्देशक तथा प्रवक्ता श्यामकिशोर शाहले सोमबार उद्घाटनको तयारी भएको बताए। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा...
काभ्रे । स्थानीय तहको निर्वाचन सकिएपछि धमाधम मत गणना जारी छ । त्यसमा काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १, २, ३, ४ वडाको मत गणना भइसकेको छ । यो नगरपालिकाको वडा नं. ४ वडा एमालेका नेता तथा पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको वडा हो । यहाँ एमालेले पूरै प्यानलनै जितेको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार मैतेसिंह तामाङ्ग बिजयी भएका हुन्...
काभ्रे । स्थानीय तहको निर्वाचन सकिएपछि धमाधम मत गणना जारी छ । त्यसमा काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १, २, ३, ४ वडाको मत गणना भइसकेको छ ।पछिल्लो परिणाम अनुसार नगरप्रमुख (मेयर) पदमा एकिृकत समाजबादीको टोक बहादुर वाइवा अगाडी रहेका छन् । वाइवाले २६६० मत ल्याएका छन् । उनलाई नेकपा एमालेका विदुरप्रसाद सापकोटाले २३७७ मतका साथ पछ्याइरहेका छन् ।...
जेठ १,मकवानपुर : रोकिएको भरतपुर महानगरपालिकामा मतगणना पुनः शुरु भएको छ। सूर्यको छाप राम्रोसँग नलागेकोमा कर्मचारीले बदर र मुख्य निर्वाचन अधिकृतले सदर भनेपछि विवाद हुँदा रोकिएको मतगणना शुरु भएको हो। मतगणनास्थल अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना शुरु भएको हो। सूर्य छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित मतगणना उक्त मत बदर गर्ने सहमति भएपछि मतगणना...
जेठ १,काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा ४ घण्टादेखि सर्वदलिय बैठक जारी छ । ४ घण्टादेखि बसेको बैठकले अझै पनि निष्कर्ष निकाल्न सकेको छैन ।मतगणनामा धाँधली भएको विषयलाई काभ्रेको बेथानचोक गाउँपालिकाको मतगणना कार्य स्थगित भएको थियो । बेथानचोकको अहिले ढुंखर्कमा सर्वदलिय बैठक बसीरहेको छ ।शनिबार रातीदेखि बेथानचोक गाउँपालिकामा मतगणना स्थगित भएको हो । नेकपा एमालेका कार्यकर्ताहरूले मतगणनामा धाँधली भएको...
जेठ १,भरतपुर : भरतपुर महानगरपालिकामा सूर्यको छाप राम्रोसँग नलागेकोमा कर्मचारीले बदर र प्रमुख निर्वाचन अधिकृतले सदर हुने बताएपछि विवाद भएको थियो। यसपछि मतदान स्थगित गरिएको हो।
जेठ १,
धनकुटा : चौबिसे गाउँपालिका २ का नवनिर्वाचित वडासदस्यको मृत्यु भएको छ।
चौबिसे गाउँपालिका-२ का नवनिर्वाचित वडा सदस्य सूर्य अटल मगरको मृत्यु भएको हाे।मतगणनाका क्रममा बिरामी परेका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। धनकुटाका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए। शनिबार आएको मत परिणामअनुसार मगर एमालेबाट चौबिसे गाउँपालिका २ का...
जेठ ०१,काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ को मत गणना सम्पन्न भएको छ ।वडा नं ३ मा एमालेको प्यानल नै बिजयी भएको छ । नगरपालिकाको वडा नं ३को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेश आचार्य बिजयी भएका हुन् । उनी २ सय ९६ मत अन्तरले बिजयी भएका हुन् । नगरपालिकाको वडा नं ३ को वडा अध्यक्ष पदमा...
जेठ १,कञ्चनपुर : कञ्चनपुरकाे भीमदत्त नगरपालिकाको मतगणना स्थगित भएको छ। भीमदत्त नगरपालिका वडा नं. २ को मतगणना गर्ने क्रममा १ सय मत पत्र भनेर खोलिएको पोकामा १२० मतपत्र पाइएपछि मतगणना स्थगित भएको छ।









