जिल्ला समन्वय समिति गठनमा नेमकिपा निर्णायक

192

भक्तपुर । स्थानीय तहको निर्वाचन सकिएपछि अब धेरैको ध्यान जिल्ला समन्वय समिति तर्फ देखिन्छ । भक्तपुरका चार नगरपालिकाका ८ जना प्रमुख र उपप्रमुखले समन्वय समितिमा मतदान गर्न पाउँछन् । यसपालि कुनैपनि दलको बहुमतमा नभएकाले कसले चाहिँ समन्वय नेतृत्व गर्ला भन्ने चर्चा सुरु हुन थालेको देखिन्छ । जहाँ नेकपा एमालेको ३ जना, नेपाली कांग्रेसको २, नेमकिपाको २ र नेकपा माओवादी केन्द्रको १ जना मतदाता रहेका छन् । यसरी हेर्दा बहुमतमा कोही पनि छैनन् । गठबन्धन गरेका कांग्रेस र माओवादी मिल्दा ३ मत हुन्छ । समन्वय समितिमा जित निकाल्न कम्तीमा ५ मत चाहिन्छ । त्यसैले यसपालि भक्तपुरमा नेमकिपा निर्णायक देखिन्छ । उ जता मिल्छ त्यसलेनै समन्वय समितिमा आफ्नो पकड बनाउनेछ ।