३५ अर्ब ७७ करोडको सुन आयात

60

काठमाडौं । विलासिताको वस्तुको बढ्दो आयातका कारण अर्थतन्त्र संकट उन्मुख रहेको भनिइरहँदा सुन आयातमा भने भारी वृद्धि देखिएको छ । भन्सार विभागको चलु आवको १० महिनाको तथ्यांक अनुसार यस अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको छ । जुन गत आवको यसै समयको भन्दा झण्डै १४ अर्बले बढी हो । गत आवको वैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो । गत आवको तुलनामा सुन आयातमा भएको वृद्धि ५२.५१ प्रतिशत हो ।