नयाँ बजेटः कृषि र पशुपन्छी क्षेत्रलाई ५५ अर्ब

84

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ५७ करोड बजेट विनियोजन गरेको जानकारी दिए । कृषि बजेट आर्थिक बर्ष २०७८/७९ को तुलनामा १० अर्ब ४८ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कृषि तथा पशुपन्छीतर्फ ४५ अर्ब ९ करोड रकम विनियोजन भएको थियो ।