Friday, October 23, 2026
Home अर्थ सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने

सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने

56

काठमाडौं : सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट संघीय संसद्‌का संयुक्त बैठकमा भाषण गर्दै वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएका हुन्। त्यस्तैगरी, सरकारले ३ वर्षभित्र भूमिहीन दलितलाई आवास उपलब्ध गराउने कुरा पनि बजेटमै उल्लेख गरेको छ। सरकारले यस वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष जोड दिएर बजेट पेश गरेको छ। मन्त्रिपरिषद्को आजै बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरिसकेको छ।