Monday, July 13, 2026
Home Blog Page 929
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार तथा स्वच्छ जीवनयापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।विश्व खाद्य स्वच्छता दिवसका अवसरमा सन्देश जारी गर्दै उनले कोरोना महामारीको प्रभाव कम भएसँगै नियमित जीवनयापनमा खाद्य वस्तुको स्वच्छता र गुणस्तरको महत्त्व झनै बढेको बताए।नेपालको संविधानले हरेक नागरिकका लागि खाद्यसम्बन्धी सुनिश्चितता गरेको हक र खाद्य सम्प्रभुतालाई प्रभावकारी कार्यान्वन...
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।विभिन्न ११ बुँदे माग राख्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेका थिए। ​ लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राखेको छ। त्यस्तै, कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्ने लोसपाले माग गरेको छ।
काठमाडौं । सरकाले केही समय यता दुधको मुल्य बढाएको भनेपनि बढेको रकम किसानले पाएका छैनन् । किसानसंग दुध संकलन गर्नेहरु बढेर आइनसकेको भन्दै मुल्य दिएका छैनन् । दुधको मुल्य बढेर आएपनि किसानमा खुसी देखिएको छैन् । शहर नजिकैका किसाने १७ रुपैँया पाउने भएपनि ग्रामिण भेगका किसानले भने १४ रुपैयाँ प्रति फ्याट पाउन मुस्किल रहेको किसानहरुको भनाई रहेको छ । काभ्रेपलाञ्चोक...
काठमाडौ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्याङकरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ का४५ वर्षीय नकुल थापाको मृत्यु भएको छ । ट्याङ्करको ठक्करबाट सख्त घाइते थापाको उपचारका...
काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
काठमाडौं : आदर्श लघुवित्तले असार १ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ। यो मध्ये ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ अर्थात् १ हजार ३५...
काठमाडौं : दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा एक जोडी मृत अवस्थामा भेटिएका छन्। वडा नम्बर ९ पुरानो दक्षिणकाली जंगलमा अन्दाजी २०–२२ वर्षको जस्तो देखिने युवक र युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।जोडीको नजिकै एउटा झोलासँगै विषको बट्टा पनि भेटिएको वरिष्ठ हवल्दार सुरेश कट्टेलले थाहा संचार नेटवर्कलाई जानकारी दिए। मृतकको पहिचानबारे अहिलेसम्म केही थाहा नभएको र विष...
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना–१ का ४२ वर्षीया सुरेशबहादुर शाही, बारा जितपुरका २२ वर्षीय निर्मला घलान, २७ वर्षीया चिनियाँ नागरिक लोप्साङ ग्याल्सेन, कपिलवस्तु वाणगंगा–८ का २९ वर्षीय सन्दीप चन्द ठकुरी छन्। त्यस्तै, काठमाडौं बूढानीलकण्ठका ४१ वर्षीय राहुल भन्ने वरुणभक्त माथेमा, नवलपरासीका युवराज भुसाल र एकजना भारतीय नागरिक अमन...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताएका छन्।उनले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए। पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने उनको भनाइ छ।‘नेपाली कांग्रेसको कुनैपनि बैठकमा यो विषयहरुको बारेमा कुनै छलफलहरु भएको छैन। यद्यपी पार्टीको केही...
काठमाडौं : सरकारले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको छ।स्वस्थ व्यक्तिले सेवाभावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनको लागि दान दिएको रगत बिरामीले पनि निशुल्क पाउनु पर्छ भन्ने आवाज पहिले देखि नै उठिरहेका बेला सरकारले रगतको मूल्य बढाएको हो।सरकारले रगतको मूल्य बढाएको प्रति नेपाल स्वयंसेवी रक्तदाता समाजले बिरोध गरेको छ। एक सय ५० पटक भन्दा...