Sunday, September 27, 2026
Home समाचार नागरिकको स्वच्छ जीवनयापन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री देउवा

नागरिकको स्वच्छ जीवनयापन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री देउवा

128

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार तथा स्वच्छ जीवनयापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।विश्व खाद्य स्वच्छता दिवसका अवसरमा सन्देश जारी गर्दै उनले कोरोना महामारीको प्रभाव कम भएसँगै नियमित जीवनयापनमा खाद्य वस्तुको स्वच्छता र गुणस्तरको महत्त्व झनै बढेको बताए।नेपालको संविधानले हरेक नागरिकका लागि खाद्यसम्बन्धी सुनिश्चितता गरेको हक र खाद्य सम्प्रभुतालाई प्रभावकारी कार्यान्वन गर्न खाद्यवस्तुको उत्पादनदेखि बिक्री वितरण प्रणालीलाई थप चुस्त बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड छ। उनले विश्व खाद्य स्वच्छता दिवसले उत्पादनदेखि विक्रेता तथा उपभोक्तासम्म सबैलाई खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गरी स्वस्थ जीवनयापनको दिशामा अघि बढ्न थप प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।