Sunday, September 27, 2026
Home अर्थ आदर्श लघुवित्तले असार १ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने

आदर्श लघुवित्तले असार १ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने

111

काठमाडौं : आदर्श लघुवित्तले असार १ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ। यो मध्ये ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।