काभ्रेका थापाको यसरी गयो भक्तपुरमा ज्यान

155

काठमाडौ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्याङकरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ का४५ वर्षीय नकुल थापाको मृत्यु भएको छ ।
ट्याङ्करको ठक्करबाट सख्त घाइते थापाको उपचारका क्रमममा नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

ट्याङकर चालक भक्तपुर नगरपालिका–२ ब्यासीका ३५ वर्षीय राजन ब्याञ्जुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।