Sunday, September 27, 2026
Home समाचार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ

116

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना–१ का ४२ वर्षीया सुरेशबहादुर शाही, बारा जितपुरका २२ वर्षीय निर्मला घलान, २७ वर्षीया चिनियाँ नागरिक लोप्साङ ग्याल्सेन, कपिलवस्तु वाणगंगा–८ का २९ वर्षीय सन्दीप चन्द ठकुरी छन्। त्यस्तै, काठमाडौं बूढानीलकण्ठका ४१ वर्षीय राहुल भन्ने वरुणभक्त माथेमा, नवलपरासीका युवराज भुसाल र एकजना भारतीय नागरिक अमन राजपुत पनि पक्राउ परेका प्रहरीले जनाएको छ।जेठ २१ गते दिउँसो दुबईबाट काठमाण्डौ आउने नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर RA230 को जहाजमा केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याउँदै गरेको सूचनाको आधारमा यस उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीले उनीहरूले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारेको हो।