Sunday, July 12, 2026
Home Blog Page 920
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन्।आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको...
काठमाडौ । सबैको प्रिय खाजा म:मको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको छ । मम खादा होस पुर्याउन भारतीय डाक्टरहरुको सस्था एम्सले स्वास्थ्य चेतावनी जारी गरेको छ । एम्सका फोरेन्सिक विज्ञहरूले ती पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होसियारीका साथ निल्न’ सुझाव दिएको छ । उनलाई भारतको दिल्लीको एम्समा मृत अवस्थामा पर्‍याइएको थियो ।मदिराले...
काठमाडौं । कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल-२०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० गोलले हरायो । कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गर्नुभयो ।क्याम्पबेलले तेस्रो मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । ६९औं मिनेटमा कोस्टा बारबारौसेस...
काठमाडौं । बेलायत सरकारबाट माग भए बमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप श्रम समझदारीपत्रमा हस्ताक्षरका गर्नका लागि मन्त्रिपरिषद्‍ प्रस्ताव पठाइएको छ। पछिल्लोपटक बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस, नेसनल हेल्थ सर्भिसका प्रतिनिधि तथा काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको हो।अब उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपश्चात् सम्झौताको टुंगो लाग्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा...
काठमाडौं । अनधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा गरेको ‘चलखेल’माथि संसदीय छानबिनको माग गर्दै प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरेको छ। अर्थमन्त्री शर्माले ‘वित्तीय अपराध’ गरेको भन्दै एमाले सांसदले मंगलबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।सोमबार अर्थमन्त्री शर्माले बजेटमा गरेको चलखेलबारे ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो’ शीर्षक विशेष खोज समाचार प्रकाशन गरेको थियो। अर्थमन्त्री शर्माले...
काठमाडौँ । अमेरिकासँगको प्रस्तावित ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताको मस्यौदा सार्वजनिक भएसँगै विवाद सिर्जना भएको छ । प्रतिपक्ष मात्र होइन, सत्ता साझेदारले पनि नेपाललाई सैन्य गठबन्धनमा लग्न खोजिएको भन्दै सरकारको खबरदारी गरेका छन् । अमेरिकाले सन् २०१५ मा प्रस्ताव गरेको सम्झौतामा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी भइरहेको दलहरूको आशंका छ । असंलग्न परराष्ट्र नीतिको प्रतिकूल हुने गरी सैन्य...
ओखलढुंगा । ओखलढुंगामा बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल छन् ।उनीहरुमाथि सिद्धिचरण नगरपालिका ३ स्थित कक्षा ८ मा अध्ययनरत बालिकामाथि फरक समय र स्थानमा पटक-पटक बलात्कार गरेको आरोप लागेको छ ।...
काठमाडौँ । कुनै समय नेपाल टेलिभिजनमा आउनृ तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंबीच आगामी साता विवाह हुने भएको छ । असार ७ गते उनीहरुबीच विवाह हुन लागेको अभिनेता तथा निर्देशक समेत रहेका राजका बुवा शंकर आचार्यले जानकारी दिए । यी दुईले प्रि(वेडिङ फोटोसुट पनि गराइसकेका छन् ।विदेशमा चार्टर्ड अकाउन्टेन्टको पढाइ...
काठमाडौँ । सिक्किम सरकारले कबड्डी-४ को प्रदर्शनमा रोक लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले विवाद समाधान नहुन्जेलसम्मका लागि राज्यमा कबड्डी(४ को रिलिजमा रोक लगाइएको जानकारी दिएका छन् ।मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिँदै लेखेका छन्, विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा विवाद समाधान...
काठमाडौँ । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई...