सिक्किममा कबड्डी-४ को प्रदर्शनमा प्रतिबन्ध

126

काठमाडौँ । सिक्किम सरकारले कबड्डी-४ को प्रदर्शनमा रोक लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले विवाद समाधान नहुन्जेलसम्मका लागि राज्यमा कबड्डी(४ को रिलिजमा रोक लगाइएको जानकारी दिएका छन् ।मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिँदै लेखेका छन्, विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मका लागि कबड्डी-४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।