‘तीतो सत्य’का फुच्चे राजले बिहे गर्दै

131

काठमाडौँ । कुनै समय नेपाल टेलिभिजनमा आउनृ तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंबीच आगामी साता विवाह हुने भएको छ । असार ७ गते उनीहरुबीच विवाह हुन लागेको अभिनेता तथा निर्देशक समेत रहेका राजका बुवा शंकर आचार्यले जानकारी दिए । यी दुईले प्रि(वेडिङ फोटोसुट पनि गराइसकेका छन् ।विदेशमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेर राज यतिबेला नेपालमै छन् । सुनिशा भने ‘इन्टुमिन्टु लण्डनमा’पछि म्युजिक भिडियो र केही फिल्ममा व्यस्त छिन् ।