राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलाई सुधार गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन्

76
sf7df8f}F, @( c;f]h -/f;;_ M /fi6«klt ljBfb]jL e08f/L Dofgdfsf] /fhsLo e|d0f / hfkfgL ;d|f6sf] /fHofleif]s ;df/f]xdf ;xefuL x'g a''waf/ Dofgdf/ k|:yfg ug]{ qmddf lqe'jg cGt/f{li6«o ljdfg:ynsf] cltljlzi6 sIfdf . t:jL/ M /f]zg ;fksf]6f

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन्।आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गरिन्।उनले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताइन्।ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामती सहितका सरकारी संयन्त्रको रहेको र सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक भएको बताइन्।उनले जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र सोहीअनुरूप कर्तव्यपालन गर्न सक्ने मानवस्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गका रूपमा रहेको लोक सेवा आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुने विश्वास व्यक्त गरिन्।