काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार बिहान ३ बजे काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरी फर्कँदै गरेको बा ४ ख ३३६३ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-७ का ४८ वर्षीय लवकुश अधिकारी छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनले चलाएको टिपर सडकबाट आफै ब्याक भएर एक सय मिटर तल खसेको थियो।