Wednesday, September 23, 2026
Home समाज श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

17

झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। कनकई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनले उनकी ३४ वर्षीया श्रीमती पुजा हेमरनको हत्या गरेको आरोप छ। गएराति सवा ११ बजेतिर उनीहरूबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।झगडा भएपछि पुजामाथि हेमरनले धारिलो हतियार प्रहार गरी फरार भएका थिए।प्रहरीले घटनास्थलबाट खुकुरी बरामद गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ। शव पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ।