Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय पाकिस्तानी बमबारीमा भारतीय उच्च अधिकारीको मृत्यु भएको दाबी

पाकिस्तानी बमबारीमा भारतीय उच्च अधिकारीको मृत्यु भएको दाबी

25

जम्मू-कश्मिरमा पाकिस्तानी सेनाको बमबारीमा परी भारतका एक जना उच्च अधिकारी मारिएको बताइएको छ। भारतीय अनलाइन द हिन्दुस्तान टाइम्सले पाकिस्तानी सेनाको बमबारीमा जम्मु-कश्मिरको रजौरीका अतिरिक्त जिल्ला विकास आयुक्त (एडिडिसी) राजकुमार थापाको मृत्यु भएको जनाएको छ। जम्मू-कश्मिरका मुख्यमन्त्री ओमर अबदुल्लाहले एडिडिसी (एडिसनल डिस्ट्रिक्ट डेभलपमेन्ट कमिश्नर) थापाको पाकिस्तानी सेनाको बामबारीमा परी मृत्यु भएको एक्समार्फत जानकारी दिएका छन्। हिन्दुस्तान टाइम्सले शनिबार बिहान उनको घरमा पाकिस्तान सेनाले गोलाबारी भएको जनाएको छ। उक्त आक्रमणमा परी थापाको मृत्यु भएको दाबी गरिएको छ।