Monday, September 28, 2026
Home समाचार कारागारको शौचालयमा मृत भेटिए एक थुनुवा

कारागारको शौचालयमा मृत भेटिए एक थुनुवा

26

जाजरकोटमा एक जना थुनुवा कारागारको शौचालयमा मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो १ बजे भेरी नगरपालिका–१० का २८ वर्षीय दीपक बुढा मगर कारागारको शौचालय भित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। मगर झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक चन्दले बताए। उनी झुण्डिएको अवस्थामा देखेपछि कारागारका नाइके बिमल सिंहले कारागारको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक रतन नेपालीलाई खबर गरेका थिए।