Saturday, July 4, 2026
Home Blog Page 826
काठमाडौं । मुस्ताङ, स्याङ्जा, तनहुँ, ओखलढुंगा र कपिलवस्तुमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।मुस्ताङको घरपझोङ गाउँपालिका–५ धुम्बास्थित स्याउ बारीमा धादिङ खनियाबास गाउँपालिका–४ दार्खा घर भएका ४९ वर्षीय चन्द्र बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् । स्याउ बारीमा पानी लगाउन भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।स्याङ्जाको पुतलिबजार...
पर्सा । वीरगञ्ज भन्सार नाकाबाट इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो ।आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५...
काठमाडौँ । अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्य हुँदै आएको छ ।अस्पतालसम्म सीधा पुल जोडिए वारिपट्टिको बजार सुक्छ भन्ने व्यापारीको स्वार्थका कारण निर्माणको तयारी भएको पुलपछि रोकिएको हो ।सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्वुलेनस रोकेर स्टेचरमा विरामी राखेर बिरामी लिनुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई...
भैरहवा । मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण गरी राखिएका ट्यांकी, ठेला गाडा, टहरा लगायत सातदिन भित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।सूचनामा भनिएको छ, 'बेलहिया बजारलाई सफा बनाउन सडक अधिकार भित्र हाल रहेका सम्पूर्ण ट्यांकी, टहरा, ठेला...
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्। मंगलबार राति भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा घरेलु टिम भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो।भारतको जितमा खेलको अन्तिम मिनेटमा गुरकिरत सिंहले गोल गरेका थिए। यसअघि नेपालसँग १-१ गोलको बराबरी खेलेको बंगलादेशले पनि फाइनलमा स्थान पक्का गरेको थियो। भारतले अन्तिम खेलमा...
उदयपुर । बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोशीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन् । सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन ।पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो...
दाङ । राप्ती गाउँपालिकाले विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै सात दिन विद्यालय बन्द गरेको छ । गाउँपालिकाभित्रका विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढ्ने जोखिम भएपछि हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको शिक्षा,...
झापा । झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ ।गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त...
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने...
काभ्रे । खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलान्चोकले जिल्ला अदालत काभ्रेपलान्चोकमा दर्ता भई उत्पादन गरिरहेका चार वटा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । अनुज्ञा पत्र नलिईकन उत्पादन गर्ने तथा दूषित सामाग्री उत्पादन गरी लेबल नराखी उत्पादन गर्ने उद्योगहरू विरुद्ध अघिल्लो आर्थिक वर्ष भित्र विभिन्न मितिमा मुद्दा दायर गरेको हो ।मुद्दा दर्ता गरिएका उद्योगहरूमा बनेपा ८ मा रहेको ई...