Saturday, July 4, 2026
Home Blog Page 825
काठमाडौं : सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुरुप गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको...
काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार हुने गरेको खुलेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २ –०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९...
काठमाडौँ । मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकावादी रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ ।दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी परिसरले जनाएको छ। प्रहरीका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।उक्त जहाजको उडान दिउँसो १:१० मा थियो । मुम्बई उड्नुपर्ने आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच गरिएको...
काठमाडौं । ललितपुरस्थित पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै आएका ६२ वर्षका रामबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका हुन् ।जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले उनी घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको अनलाइनखबरलाई बताए । ‘हिजोदेखि कोठामा चालचुल नभएपछि माथि बस्नेले ढोका ढक्ढक्याएछन्’ जिसीले भने,...
काठमाडौं ।  नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  वर्षाका कारण सप्तकोसी नदीको बहाव बढ्न गई उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेका दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै प्राकृतिक बिपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको...
काठमाडौँ । अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणप्रति नेमकिपाले आपत्ति जनाएको छ। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले एक बिज्ञप्ती मार्फत पेलोसीको भ्रमणले एसियामा नयाँ युद्ध थोपर्ने भन्दै बिरोध गरेका हुन।मङ्गलबार संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाको सभामुख नान्सी पेलोसी थाइवान पुगेको र उत्तेजनात्मक अभिव्यक्ति दिएको खबर सार्वजनिक भएको थियो । एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न नेपाल मजदुर किसान...
बेइजिङ । दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो ।४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास...
बैतडी । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।निर्वाचनमा भाग लिएका एक हजार ४७६ उम्मेदवारमध्ये २८४ जनाको धरौटी जफत भए पनि एक हजार १९२ जनाले विवरण बुझाउनु पर्नेमा ४४२ जनाले मात्रै विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवार...
वासिंगटन । अल कायदा प्रमुख अयमान अल जवाहिरीको मृत्युपछि अमेरिकाले विश्वभर अलर्ट जारी गरेको छ । जवाहिरीको मृत्युपछि अमेरिकी नागरिक र ‘फेसिलिटी’मा हमला गर्न सक्ने भन्दै विदेश मन्त्रालयले यस्तो अलर्ट जारी गरेको हो ।अल–जवाहिरीको मृत्युपछि अल–कायदा वा यससँग सम्बद्ध आतंकवादी संगठनका समर्थकहरूले अमेरिकी सुविधा, कर्मचारी वा नागरिकहरूमाथि आक्रमण गर्न सक्छन् । आतंकवादी हमलाहरू प्रायः चेतावनी बिना नै हुने भएकोले अमेरिकी...
काठमाडौं ।  कैलाली, बर्दिया, दाङ, बाँके, धनकुटा र झापाबाट अवैध लागूऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट प्रहरीले डोटी बडिकेदार गाउँपालिका–१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट करिब ३ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनबाट करिब ४९० मिलिग्राम ब्राउनसुगरसहित...