Wednesday, October 7, 2026
Home खेलकुद बंगलादेश र भारत फाइनलमा, बाहिरियो नेपाल

बंगलादेश र भारत फाइनलमा, बाहिरियो नेपाल

45

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्। मंगलबार राति भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा घरेलु टिम भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो।

भारतको जितमा खेलको अन्तिम मिनेटमा गुरकिरत सिंहले गोल गरेका थिए। यसअघि नेपालसँग १-१ गोलको बराबरी खेलेको बंगलादेशले पनि फाइनलमा स्थान पक्का गरेको थियो। भारतले अन्तिम खेलमा जित हात पारेसँगै नेपाल भने फाइनल पुग्नबाट बन्चित भयो। भारत पराजित भएको अवस्थामा मात्र नेपाल फाइनल पुग्ने समिकरण थियो।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो। तर तेस्रो खेलमा आयोजक भारतसँग ८-० गोलले पराजित हुँदा नेपालको फाइनल पुग्ने सम्भावना कठिन भएको थियो। अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको नेपालले ७ अंक जोड्यो। शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्यो भने दोस्रो स्थानको भारतले ९ अंक बटुल्यो । पाँच टिम सहभागी प्रतियोगिताको समूह चरणका शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान थियो।