Saturday, July 4, 2026
Home Blog Page 827
काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले प्रतिशेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता शेयरमध्ये...
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रुपियाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ। हिजो (मंगलबार) छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो।यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको...
मुम्बई । साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् ।गत वर्षको अक्टोबरमा नागा र उनकी अभिनेत्री सामन्था रुथ प्रभु अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा अहिले अभिनेत्री शोभिता धूलीपालासँग डेट गरिरहेका छन् । हालैको एक अन्तर्वार्तामा उनले शोभिातसँग डेटलाई पुष्टि गरेका छन् ।उनी अभिनित फिल्म ‘लाल सिंह चड्डा’को अन्तर्वार्ताका क्रममा शोभितासँगको सम्बन्धलाई लिएर सोधिएको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिमी भ-भागमा सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर सामान्य देखि पूर्ण बदली...
काठमाडौँ । रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका(५ को तुरिया बाँध फुटेको हो ।बाँध बनेपछि हौसिएका किसानहरु धान खेती गरेका थिए । असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् ।तुरिया खोलामा १० लाखमा निर्माण भएको...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन् । २८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन् ।पछिल्लो दुई संस्करणमा भने उनले होबर्ट हुरिक्यान्सबाट खेलेका थिए । गत सिजन उनले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यालयहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।छोटो समयको मात्रै भर्ना...
सुनसरी । सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानिय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन । गए राती देखी परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भु–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन् ।पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५...
काठमाडौँ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन ।वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै...
उदयपुर । सम्भावित क्षतिलाई नियन्त्रण गर्नका लागि बाँधिएको एक सय मिटरभन्दा लामो बाँध कोशी नदीले भत्काइदिएको छ ।केन्द्रीय विपद् व्यवस्थापन टोलीले एक महिनासम्म बसेर निर्माण गरेको बाँधलाई बुधबार बिहान भत्काएर कोशी मानव बस्तीतर्फ पसेको छ । कोशी मानव बस्तीतर्फ पसेपछि तटीय क्षेत्रका बासिन्दालाई नगरपालिकाले सुरक्षित स्थानतर्फ जान अनुरोध गरिरहेको छ ।बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार एक महिनासम्म लगाएर...