Saturday, July 4, 2026
Home Blog Page 824
काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिद्को बैठकले अधिकारीलाई बर्खास्त भएका हुन् ।कर्मचारीमाथि दुव्र्यवहार र निगमभित्र अनियमितता गरेको आरोपमा उनलाई बर्खास्त गरेको हो । यसअघि नै निलम्बनमा परेका उनी सर्वोच्च अदालत गएका थिए ।
काठमाडौं । निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ...
मुगु । पछिल्लो समय मुलुकभर पुनः कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेका छन् । यसैबीच हिमाली जिल्ला मुगुमा पनि कोरोना संक्रमितहरु देखिन थालेका छन् । जिल्लमको मुगुमकार्मारोङ गाउँपालिकास्थित एक विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको हो ।मुगमकार्मारोङ गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज बुढाका अनुसार श्री नेपाल राष्ट्रिय आधारभूत आावासीय बिद्यालय तामाकामा अध्यानरत पाँच जना विद्यार्थीहरुमा कोरोना देखिएको हो...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसॅग अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन् ।‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ ओलीले भने । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं: नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा देवनागरी लिपि अनिवार्य गर्न माग गरेको छ। बिहीबार एक विज्ञप्ती निकालेर बारले नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन गर्ने गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा(देवनागरी लिपि)मा हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो। महासचिव अधिवक्ता अन्जिता खनालले जारी...
धादिङ । अमेरिकी डलर, अवैध हतियार र सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको अमेरिकी डलर, अवैध हतियार (पेस्तोल) र सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा उत्तरी धादिङ खनियाबास गाउँपालिका–४ निवासी द्वेय बेगबहादुर तामाङ ‘बेगे’ र शोभा तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार लपाङफेदीबाट धादिङबेसी आउँदै गरेको गाडीबाट बेगेसँगै...
काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक रिलिज गरेका...
काठमाडौं । इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । २२ साउनदेखि हुने प्रतियोगितामा सुनसरी जिल्लाका विद्यालयहरूले सहभागिता जनाउन पाउने आयोजककाे भनाइ छ ।प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । पौडेलका अनुसार प्रतियोगिताका उत्कृष्ट...
काठमाडौं । सरकारले आगामी ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको हो ।यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...
सल्यान : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला परेका छन्।जिल्लाको बागचौर नगरपालिका-१० मोखला नजिकै पार्टीको विशेष कमिटी सदस्य लोकमान केसी (महेन्द्र) बिहीबार बिहान मृत फेला परेका हुन्।सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे ठुलीखर्क निवासी केसी मोखलाको जंगल नजिकै घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर घटनाको अध्ययन गर्ने काम...