Wednesday, October 28, 2026
Home राजनीति नान्सी पेलोसीको ताईवान भ्रमणप्रती नेमकिपाकाको आपत्ति

नान्सी पेलोसीको ताईवान भ्रमणप्रती नेमकिपाकाको आपत्ति

152

काठमाडौँ । अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणप्रति नेमकिपाले आपत्ति जनाएको छ। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले एक बिज्ञप्ती मार्फत पेलोसीको भ्रमणले एसियामा नयाँ युद्ध थोपर्ने भन्दै बिरोध गरेका हुन।

मङ्गलबार संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाको सभामुख नान्सी पेलोसी थाइवान पुगेको र उत्तेजनात्मक अभिव्यक्ति दिएको खबर सार्वजनिक भएको थियो । एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न नेपाल मजदुर किसान पार्टीले माग गरेको छ ।नेपाल मजदुर किसान पार्टीले संरा अमेरिकी साम्राज्यवादको एसियामा नयाँ युद्ध थोप्ने चालबाजीको विरोध गर्दै आएको छ ।

ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइपेई पुगेकी हुन् । पेलोसी चढेको अमेरिकी एयरफोर्सको जहाज मंगलबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको थियो ।