Tuesday, September 29, 2026
Home समाचार सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने

सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने

71

काठमाडौं : सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुरुप गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।सोही निर्णय बमोजिम साउन २० गतेदेखि शुक्रबार पनि अरु बार सरह अदालत संचालन गर्न लागिएको जनाइएको छ।